काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि नेकपा एमालेभित्र आन्तरिक समीक्षा सुरु भएको छ। यसैबीच एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराई ले कम्युनिस्ट पार्टीहरू आफ्नै सिद्धान्त र दर्शनअनुसार चल्न नसक्दा अहिलेको निराशाजनक परिणाम भोग्नुपरेको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले कम्युनिस्टहरू परिवर्तनका पक्षधर हुन् भन्ने विश्वास दर्शन र आदर्शवादी व्यवहारबाट निर्माण हुने भए पनि व्यवहारमा त्यसको अभाव देखिएको उल्लेख गरेकी छन्।

advertisement

उनले पार्टी सञ्चालनको शैली र नेताहरूको व्यवहारमा आएको विचलनका कारण जनताको अपेक्षा र पार्टीको कार्यशैलीबीच तालमेल मिल्न नसकेको बताएकी छन्।

भट्टराईका अनुसार यही कारणले पार्टीले अहिलेको परिणाम सामना गर्नुपरेको हो।

उनले वर्तमान अवस्थालाई विगतका कार्यशैली र व्यवहारगत त्रुटिको परिणामका रूपमा व्याख्या गर्दै अब रचनात्मक संवाद र गम्भीर समीक्षा आवश्यक रहेको बताएकी छन्।

गल्तीहरूलाई ढाकछोप गर्नुको सट्टा वस्तुगत विश्लेषण गरेर मात्रै आगामी दिनमा सही दिशा तय गर्न सकिने उनको भनाइ छ।

भट्टराईले आरोप–प्रत्यारोपमा समय खर्च नगरी गम्भीर आत्ममन्थन गर्न नेतृत्वलाई आग्रह गरेकी छन्।

कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न र जनताको विश्वास पुनः जित्नका लागि सिद्धान्त र व्यवहारलाई सँगसँगै अघि बढाउनुको विकल्प नभएको उनको निष्कर्ष छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com