काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिरामी परेका छन्। उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार उनलाई भाइरल ज्वरो लागेको छ।
आचार्यले भने, ‘उहाँलाई भाइरल ज्वरो छ। दौडधुप र तनावका कारण होला। पुरानो खुट्टाको घाउले होइन, खुट्टाको घाउ निको हुँदैछ।’
उनका अनुसार रवि लामिछाने अस्पताल भर्ना हुनु परेको छैन र अहिले काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरिरहेका छन्।
यो पनि:
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया