काठमाडौँ । सरकारले समन्वय गर्दै नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत क्रमशः स्वदेश फर्काउने काम गरिरहेको छ।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपाली स्वदेश ल्याइएको छ।
सो विशेष उद्धार उडानले काठमाडौँ विमानस्थलबाट २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याएको थियो। आज पनि निगमको विमान यहाँबाट २६७ जना यात्रीसहित दुबई प्रस्थान गर्नेछ र त्यहाँबाट १६४ जना नेपाली स्वदेश फर्किने प्रवक्ता पुनले जानकारी दिएका छन्।
फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध लागू भएपछि उद्धार उडानको सुरुवात गरिएको हो। अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान रोकिएको थियो।
पश्चिम एसिया संकट
यो पनि:
इरान–अमेरिका तनावपछि दुबईमा अलपत्र नेपालीका लागि नेपाल वायुसेवाको विशेष उडान
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया