काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व तथा अन्य अन्तर्राष्ट्रिय द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घको १२औँ विश्व सम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले प्रवासमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई मातृभूमिको आर्थिक तथा

advertisement

सामाजिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रवासी नेपालीलाई मुलुकको विकासमा साझेदार बन्न आह्वान गर्दै उनले प्रविधिको तीव्र विकास र

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको फेरबदलका कारण नेपालको भूराजनीतिक सम्बन्ध र सौम्य शक्ति वृद्धिमा सङ्घले महत्वपूर्ण सेतुको काम गर्नुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीलाई नेपालको सांस्कृतिक दूतका रूपमा प्रस्तुत गर्दै पारस्परिक विश्वास बढाउन र नेपाली माटोमा योगदान पु¥याउन आग्रह गरे ।

साथै, सङ्घको संरक्षण तथा प्रवर्द्धनका लागि सरकारले आवश्यक ऐनमा परिमार्जन गर्ने जानकारी पनि दिए ।

फरक प्रसङ्गमा उनले अन्तर्राष्ट्रिय द्वन्द्वका कारण प्रवासमा रहेका नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको दोहोर्‍याए ।

आपत्कालीन अवस्थामा नेपाली नागरिकको उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालय र

सम्बन्धित मुलुकस्थित नेपाली नियोगमार्फत उद्धार उडान सञ्चालन गरिएको पनि उनले जानकारी दिए ।

सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले नेपालमा लगानी भित्र्याउनेतर्फ आफूहरू क्रियाशील रहेको बताउँदै गैरआवासीय नेपालीको अधिकार संरक्षण गर्न संस्था प्रतिबद्ध रहेको दोहोर्‍याए ।

सम्मेलनमा प्रवासी नेपालीहरूको योगदान, लगानी, सीप तथा प्रविधि हस्तान्तरण, नेपालको पर्यटन तथा

संस्कृतिको प्रवर्द्धनजस्ता विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com