काठमाडौ । महोत्तरी प्रहरीले जलेश्वरस्थित एक होटलमा छापा मारी चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा होटल सञ्चालिका र दुई भारतीय नागरिकसमेत छन्। जलेश्वर–२, मटिहानी चोक नजिकै सञ्चालित कोइराला होटल तथा लज मा महिलाहरूलाई प्रलोभनमा पारी जबरजस्ती वेश्यावृत्तिमा लगाउने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार दिउँसो छापा मारेको हो।

खानतलासी क्रममा होटलको पहिलो र दोस्रो तलाका कोठामा दुई पीडित महिला र दुई भारतीय पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारिएको थियो। कोठाभित्र खाटमुनि र भुइँमा प्रयोग भएका अस्थायी साधनहरू छरपष्ट अवस्थामा भेटिएका थिए।

advertisement

पक्राउ पर्नेहरूमा भारतको मधवापुरका २८ वर्षीय पुरुष, मधुवनीका ३६ वर्षीय पुरुष, जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया होटल सञ्चालिका रहेका छन्।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले होटल सञ्चालिकाले महिलाहरूलाई प्रलोभनमा पारी यौनधन्दामा लगाएको दाबी गरेको छ। पीडित महिलाहरूलाई उद्धार गरी थप प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com