काठमाडौं। नेपाल विद्यार्थी संघले कार्की आयोग को प्रतिवेदन सार्वजनिक गर्ने माग गरेको छ। मंगलबार त्रिचन्द्र कलेजका नेविसंघ समूहले कार्कीआयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भन्दै सामूहिक हस्ताक्षर गरेका छन्।

त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) नेविसंघ  सभापति गोविन्द कोइरालाले सुशीला कार्कीसरकारले आफ्नो कार्की आयोग प्रतिवेदन लुकाउन नमिल्ने बताए। उनले  भने, ‘निर्वाचन पछिको कार्कीसरकारको दोस्रो काम भनेको प्रतिवेदन सार्वजनिक हो। कार्कीसरकाले आफ्नो प्रतिवेदन लुकाउन मिल्दैन। निर्वाचनपछि सरकारको दोस्रो काम प्रतिवेदन सार्वजनिक गर्नु थियो, गर्यो,उनले भने, ‘आज हामीले शान्तिपूर्वक हस्ताक्षर संकलन कार्यक्रम गरेका छौं। हस्ताक्षर संकलन प्रधानमन्त्रीलाई बुझाउने छौं।’

advertisement

प्रतिवेदन सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी पनि उनले दिए।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com