काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गर्न गृहमन्त्रीले आदेश दिएको भन्ने हल्ला सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। उक्त दाबीपछि राजनीतिक वृत्तमा समेत चर्चा बढेको छ।

सामाजिक सञ्जालमा बस्नेतविरुद्ध उनकी पूर्व प्रेमिका शोभा पाठकले दिएको पुरानो उजुरीलाई आधार बनाएर गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको भनाइ सार्वजनिक गरिएको छ। केहीले त बस्नेतविरुद्ध पक्राउपूर्जी नै जारी भइसकेको दाबीसमेत गरेका छन्।

तर, गृहमन्त्रीको सचिवालयले यस्ता दाबीप्रति अनभिज्ञता जनाएको छ। सचिवालय स्रोतका अनुसार यसबारे मन्त्रालयमा कुनै औपचारिक जानकारी आएको छैन। सचिवालय स्रोतले भन्यो, ‘त्यो प्रहरीको काम होला। मन्त्रालयको जानकारीमा त्यस्तो आएको छैन। मन्त्रालयले त्यसबारेमा बोल्न पनि मिल्दैन। उजुरी कार्यान्वयन गर्ने प्रहरीले होला नि?।’

यता, भक्तपुर प्रहरीले पनि बस्नेतविरुद्ध कुनै आधिकारिक आदेश वा पक्राउपूर्जी हालसम्म प्राप्त नभएको जनाएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com