काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत ले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई आन्दोलनमा प्रहरी परिचालन गर्दा गम्भीर हुन चेतावनी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले सडकमा आन्दोलन सुरु भइसकेको भन्दै प्रहरीलाई बन्दुकको साटो लाठी मात्र उपलब्ध गराउन सुझाव दिएका हुन्।

advertisement

प्रदर्शनलाई नियन्त्रण गर्ने नाममा हतियार प्रयोग गर्दा मानवीय क्षति हुन सक्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको नेतृत्वले नै लिनुपर्ने उनले औंल्याएका छन्।

महेश बस्नेतले ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेन साह र सुदन गुरुङजी, नेपाल प्रहरीलाई बन्दुक होइन, लाठी मात्र उपलब्ध गराउनुहोला। आन्दोलन सुरु भइसकेको अवस्था छ।’

यदि प्रहरीबाट बन्दुक प्रयोग भएर कुनै मानवीय क्षति भएमा त्यसको जवाफदेही वर्तमान सरकार नै हुने उनले बताएका छन्।

भोलिका दिनमा यस्तै प्रकृतिको घटनामा छानबिन आयोग गठन भएर अनुसन्धान अघि बढ्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्री आफैं जेल जानुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका छन्।

आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमाले कार्यकर्ताहरू आक्रामक रूपमा सडकमा उत्रिएको सन्दर्भलाई जोड्दै सचिव बस्नेतले सरकारलाई दमनको बाटो नरोज्न यस्तो सचेत गराएका हुन्।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com