काठमाडौं । जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षालाई ध्यानमा राख्दै सरकारले उनलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ।

कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि राजनीतिक माहोल थप तातेको छ। उक्त कदमप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित बनेका छन्।

advertisement

पक्राउलगत्तै राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन चर्किएको छ भने दिनभरि सुरक्षा सतर्कता बढाइँदा अवस्था तनावग्रस्त बनेको छ। सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै संवेदनशील व्यक्तिहरूको सुरक्षामा विशेष व्यवस्था कडाइ गरेको जनाएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com