काठमाडौं । नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौंका विभिन्न स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्ने जनाएको छ।

प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने क्रममा बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरमार्फत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत् कटौती गर्न लागिएको हो।

advertisement

यस क्रममा नरेफाँट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्रमा रहेका ११ केभी क्षमताका पोलहरू प्रतिस्थापन गरिनेछ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ। यसबाट पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com