काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जेनजी युवाहरूले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

इन्धनको मूल्य बढेसँगै दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत बढ्ने चिन्ता व्यक्त गर्दै जेनजी सुनिल सिंहको अगुवाइमा जेनजीहरुले सडकमा उत्रिएर असन्तुष्टि जनाएका हुन्।

उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासनविरुद्धको महाअभियानको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रदर्शनमा सहभागीहरूले पेट्रोलमा लगाइँदै आएका विभिन्न करहरू खारेज गरी मूल्य घटाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com