काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही बीच भेटवार्ता भएको छ।
लामिछानेको निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भएको जनाइएको छ।
भेटका क्रममा प्रतिनिधिसभाको उपसभामुख पदमा सम्भावित सहकार्य, संसदभित्र अपनाइने रणनीति तथा आगामी राजनीतिक मार्गचित्रबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया