काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले उपसभामुख पद नेपाली कांग्रेस र नेकपा (एमाले) लाई दिन नहुने तर्क अघि सारेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बस्नेतले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “कांग्रेस–कम्युनिष्टले कमिसन, घुस खाएकै हो, खान बाँकी केही छैन । लाज, सरम, घिन, इमान पचाएकै हो, पचाउन बाँकी केही छैन ।”
उनले थप भनेका छन्, “कांग्रेस–कम्युनिष्टले पद, अवसर, प्रतिशोध, बदला लिएकै हो, लिन बाँकी केही छैन । उनीहरूले जनतालाई झुठा आश्वासन र धोका दिएकै हो, दिन बाँकी केही छैन ।”
पूर्ण बस्नेतले व्यङ्ग्य गर्दै प्रश्न गरेका छन्, “हत्या, षड्यन्त्र, ठगी, भ्रष्टाचार गरेकै हो, गर्न बाँकी केही छैन । फेरि पनि कांग्रेस–कम्युनिष्टलाई एउटा उपसभामुख चाहिँ किन चाहिएको हो ?”
नेता बस्नेतको यो टिप्पणी उपसभामुख पदमा कांग्रेस र एमालेले दाबी गरिरहेको प्रसंगमा आएको हो । उनको व्यङ्ग्यात्मक अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया