काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आफन्त तथा नजिकका व्यक्तिहरूलाई कुनै पनि प्रकारको नियुक्ति दिलाउन नलाग्न स्पष्ट निर्देशन दिएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। एक सांसदका अनुसार लामिछानेले ‘आफन्त र साथीभाइलाई नियुक्ति दिलाउने गतिविधिमा संलग्न नहुनू’ भन्दै सचेत गराएका थिए।
सभापति लामिछानेले आफूहरू जेनजी आन्दोलन का युवाहरूको बलिदान र योगदानका कारण यो स्थानमा पुगेको भन्दै त्यसलाई सदैव स्मरणमा राख्न सांसदहरूलाई आग्रह गरेका थिए।
बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह पनि उपस्थित भए पनि उनले कुनै धारणा नदिएको बताइएको छ।
साथै, बैठकले उपसभामुख पदका लागि रूबी ठाकुर को उम्मेदवारीलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। उनी रास्वपाको समर्थनमा उपसभामुख पदका लागि प्रतिस्पर्धामा उत्रिएकी हुन्। उपसभामुखको निर्वाचन आजै हुँदैछ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया