काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्याभन्दा भूमिकाको महत्व ठूलो हुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संख्या मात्र सत्तामा टिकिरहन प्रयोग हुने साधन भएको टिप्पणी गरे। ‘संसद्मा संख्या होइन, भूमिका नै निर्णायक हुन्छ। संख्या त केवल सत्ता जोगाउन प्रयोग हुने माध्यम मात्र हो,’ उनले भने।

उनले राप्रपा वर्तमान संविधान र संवैधानिक संरचनासँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गरे। साथै, वर्तमान व्यवस्थाभित्रै वैकल्पिक धार प्रस्तुत गर्ने आफ्नो पार्टीको प्रयास जारी रहेको बताए।

शाहीले आफ्नो पार्टी पृथ्वीनारायण शाह को ‘दिव्य उपदेश’मा आधारित सम्वर्द्धनवादी धारणा बोकेको दल भएको पनि स्पष्ट पारे।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com