काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले उपसभामुख पद आफ्नो पार्टीको प्राथमिकतामा नपर्ने बताएका छन्।
प्रतिनिधि सभा मा उपसभामुख चयन प्रक्रिया जारी रहँदा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेका छन्।
सरस्वती लामाको उम्मेदवारीमा प्रस्तावक रहेका शाहीले संसद् बैठकमा बोल्दै उपसभामुख पद राप्रपाको प्राथमिकता नभएको स्पष्ट पारे। उनले भने, “उपसभामुख पद हाम्रो लागि न त प्राथमिकतामा थियो, न अहिले पनि छ।”
तर, संसद्को ठूलो दलको प्रस्तावपछि मात्रै उम्मेदवारी दिएको उल्लेख गर्दै उनले राजनीतिक सहकार्यका आधारमा निर्णय लिइएको बताएका छन्।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया