काठमाडौं। साझा यातायातले आगामी वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ ।

बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा सुरुमा ७ वटा बसबाट शुरु हुनेछ ।

advertisement

रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको थियो ।

सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समयतालिका तयार पारिएको छ ।

दक्षिण रुट : लगनखेल — पाटन अस्पताल — अल्का — नर्भिक — प्रसूति गृह — ट्रमा सेन्टर — वीर अस्पताल — कान्ति अस्पताल — टिचिङ अस्पताल — बुढानीलकण्ठ
(फर्किने बेला महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, जमल, थापाथली हुँदै लगनखेल)

पूर्व-पश्चिम रुट : थानकोट — सतुंगल — कलंकी — कालीमाटी — त्रिपुरेश्वर — सुन्धारा — नयाँ सडक — जमल — बानेश्वर — अन्तर्राष्ट्रिय विमानस्थल
(फर्किने बेला तीनकुने, मीनभवन, बबरमहल, थापाथली हुँदै थानकोट)

नयाँ सडक क्षेत्रलाई मुख्य ट्रान्जिट बिन्दु बनाइएको छ जहाँबाट यात्रुहरूले रुट परिवर्तन गर्न सक्नेछन् ।

यो सेवाको लागि काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले आवश्यक समन्वय गरेको हो ।

यात्रु सुरक्षालाई ध्यान दिँदै प्रत्येक बसमा ४ वटा सीसीटीभी क्यामेरा जडान गरिनेछ र महानगरले प्रत्येक बसमा एक जना नगर प्रहरी खटाउने भएको छ ।

प्रारम्भिक ३ महिनासम्म सेवा सञ्चालन गरेर यसको प्रभाव मूल्यांकन गरी थप सुधार र विस्तार गरिने कार्यवाहक प्रमुख डंगोलले बताएकी छन् ।

रात्रिकालीन बस सेवा ले विशेषगरी राति काम गर्ने श्रमिक, महिला तथा बेलुका ढिलो घर फर्किने यात्रुलाई सुरक्षित र सहज आवागमनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com