काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराई दम्पती भारत भ्रमणमा जाने भएका छन्।

उनीहरू आइतबार ग्वालियर स्थित आईटीएम युनिभर्सिटी को औपचारिक निमन्त्रणामा आयोजित ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

उक्त कार्यक्रम भीमराव अम्बेडकर को जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुँदैछ। कार्यक्रममा भट्टराईले बदलिँदो नेपाली राजनीति तथा दक्षिण एसियामा समृद्धिका सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

ग्वालियरको कार्यक्रमपछि डा. बाबुराम भट्टराई नयाँ दिल्ली पुग्नेछन्। त्यहाँ साउथ एसियन युनिभर्सिटी को सामाजिक विज्ञान संकायले आयोजना गर्ने ‘इन्टरडिसिप्लिनरी कन्भर्सेसन’ कार्यक्रममा उनले मुख्य सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

भ्रमण सम्पन्न गरी उनी वैशाख २ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com