काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको आलोचनाप्रति गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाएका छन्।

सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारमा आउनुअघि इमानदारीपूर्वक कमाएको सम्पत्तिलाई गलत ठान्न नहुने बताएका हुन्। उनले भ्रष्टाचारमार्फत आर्जन गरिएको सम्पत्तिलाई मात्र ‘पाप’को संज्ञा दिनुपर्ने उल्लेख गरेका छन्।

आलोचकहरूलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘जन्मिँदा गरिब हुनु व्यक्तिको दोष होइन, तर जीवनभर गरिबमै सीमित रहनु भने आफ्नै कमजोरी हो। चेतना भया!’

 

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com