काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले भदौ २३/२४ गते भएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

जेनजी नागरिक अभियानका युवाहरूले सोमबार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेर भदौ २३/२४ गतेको घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

आयोगको प्रमुख टोपबहादुर मगरलाई भेटेर प्रतिवेदन सार्वजनिक गर्न माग राखेको जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले जानकारी दिए।

‘हामीले आयोग प्रमुखलाई नै भेटेर प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छौं,’ सोडारीले भने, ‘हप्ता दश दिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो।’

उनका अनुसार आयोगले १० हजार पेजको प्रतिवेदन तयार गरेको छ। लीली थापाको नेतृत्वमा छानबिन प्रतिवेदन तयार भएको हो।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com