काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि चर्को आलोचना भएपछि फेसबुकमा राखेको पोस्ट हटाएका छन्।
उनले पोस्टमा “गरिब भएर जन्मनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो” भन्ने सन्देश लेखेका थिए। तर उक्त भनाइ उनको आफ्नै नभई बिल गेट्सको (बिल गेट्स) भनाइ भएको पाइए पनि उनले स्रोत उल्लेख गरेका थिएनन्।
पोस्टमा उनले आफ्नो सम्पत्तिबारे पनि विवरण दिएका थिए, जसअनुसार करिब ६१ लाख रुपैयाँ बैंकमा, ८९ तोला सुन, ४ करोडभन्दा बढीको सेयर, करिब ४७ लाख रुपैयाँको गाडी तथा परिवारको नाममा हदबन्दीभन्दा बढी जग्गा रहेको उल्लेख थियो।
सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक रूपमा व्यापक आलोचना भएपछि उनले उक्त पोस्ट हटाएका हुन्।
प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया