काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नयाँ वर्ष २०८३ लाई “खील निकाल्ने वर्ष” को रूपमा चित्रण गरेका छन्।
नयाँ वर्षको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आगामी वर्षलाई “खील निकाल्ने वर्ष” भन्दै उल्लेख गरेका हुन्।
लामिछानेले लेखेका छन्, “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।”
उनका अनुसार देशका बेथिति तथा पुराना राजनीतिक विकृतिहरूलाई हटाउने प्रयास गर्दा केही कठिनाइ र पीडा हुन सक्ने संकेतसहित उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले आफ्नो तथा पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई नयाँ वर्षको शुभकामना समेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया