काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदमा सबै दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तरक्रिया गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त कार्यक्रम बुधबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

advertisement

अन्तरक्रियामा सहभागी सांसदहरूले आफ्ना-आफ्ना क्लस्टरका समस्या, चुनौती र सम्भावित समाधानबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्। सचिवालयले दिएको जानकारीअनुसार यस कार्यक्रममार्फत जनप्रतिनिधि र कार्यपालिका बीच सीधा संवाद स्थापना गर्ने लक्ष्य राखिएको छ, जसले नीति निर्माण र कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यस कार्यक्रमलाई सुशासन प्रवर्द्धन, उत्तरदायित्व वृद्धि तथा जनमुखी शासन प्रणालीलाई सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com