काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइए पनि एजेन्डा भने सार्वजनिक गरिएको छैन। साथै, प्रतिनिधि सभामा संसदीय दलको नेता चयन प्रक्रिया आजैदेखि सुरु गर्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
यसका साथै, पार्टीको १५ औँ महाधिवेशनको तयारी तथा आन्तरिक विवाद समाधानका विषयमा समेत बैठकमा विचार-विमर्श हुने जनाइएको छ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया