काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल सवार भनिएको सवारीसाधनलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ।

थापाथली क्षेत्रमा लेन मिच्दै यात्रा गरेको आरोपमा उक्त गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो। सभामुखको गाडीसँगै अगाडि र पछाडि सुरक्षार्थ हिँडिरहेका अन्य दुई सवारीसाधनलाई समेत कारबाही गरिएको जनाइएको छ।

advertisement

ट्राफिक नियम उल्लंघन गर्दै ती सवारीसाधनहरू सिंहदरबार पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर कारबाही प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार नियम सबैका लागि समान हुने भएकाले कसको सवारी भन्नेभन्दा पनि उल्लंघन भएको आधारमा कारबाही गरिएको हो। “नियम मिच्ने जोसुकै भए पनि कानुनी कारबाही हुन्छ,” स्रोतले उल्लेख गर्‍यो।

उक्त सवारीसाधन लेन क्रस गरेको कारण चिट काटिएको बताइए पनि त्यस समयमा सभामुख अर्याल स्वयम् गाडीमा सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले कुनै जानकारी दिएको छैन।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com