काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल को निवास तथा हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ।

विभागले मंगलबार दुवै व्यवसायीको निजी निवाससहित हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा एकैसाथ छापा मारी आवश्यक कागजात तथा प्रमाण संकलन गरेको स्रोतले जनाएको छ। अनुसन्धानका क्रममा ती कागजातहरू नियन्त्रणमा लिइएको विभागका एक अधिकारीले पुष्टि गरेका छन्।

advertisement

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा रहेका छन् भने घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com