काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बुधबार अपरान्ह ४ बजे बस्ने गरी बैठक तय गरिएको हो।
बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुनेछ। उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा निर्णय हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया