काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

बुधबार बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति खड्कासँग लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

advertisement

अनुशासन समितिले यसअघि चैत १४ गते पार्टीको आधिकारिक लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको बैठकबाट उनलाई एकपटकका लागि चेतावनी दिएको थियो। तर त्यसपछि पनि खड्काले चैत ३० गते आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टीको जिम्मेवारीमै रहेको दाबी गरेका थिए र पुनः प्रेस विज्ञप्ति जारी गरेका थिए।

समितिका अनुसार खड्काका यी गतिविधि पार्टी विधानविपरीत रहेको ठहर गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com