काठमाडौं। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहेको बताएका छन् ।

मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति भान्सले सीबीएस न्यूजलाई उद्धृत गर्दै भने, “राष्ट्रपति ट्रम्प इरानसँग सानो सम्झौता होइन, ठूलो सम्झौता गर्न चाहन्छन् ।”

advertisement

उनले सप्ताहन्तमा पाकिस्तानमा भएको वार्तामा “महत्वपूर्ण प्रगति” भएको पनि बताए ।

तर दुई देशबीच गहिरो अविश्वास रहेको स्वीकार गर्दै भान्सले यो समस्या रातारात समाधान हुन नसक्ने स्पष्ट पारेका छन् ।

ट्रम्प प्रशासनले इरानसँगको वार्तालाई निरन्तरता दिँदै ठोस सम्झौतातर्फ अघि बढ्ने संकेत गरेको यो भनाइबाट देखिन्छ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com