काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको असन्तुष्टि समाधानका लागि असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी सभापति गगन कुमार थापालाई दिएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी पन्ध्रौँ महाधिवेशनको तयारीसँगै उत्पन्न असन्तुष्टि व्यवस्थापन गर्न र महाधिवेशन समयमै सम्पन्न गर्ने वातावरण बनाउन सभापति थापालाई समन्वय र संवादको जिम्मा दिइएको हो।

advertisement

चालिसेले संस्थापन पक्षको नेतृत्वमा रहेका व्यक्तिको रूपमा सभापतिले नै अग्रज नेता, पूर्व पदाधिकारी तथा असन्तुष्ट समूहसँग छलफल गर्दै सहमति निर्माण गर्नुपर्ने बताए। उनले पार्टीभित्र उठिरहेका असन्तुष्टिका विषयलाई सम्बोधन गर्न संवाद नै प्रमुख माध्यम हुने उल्लेख गरे।

उनका अनुसार महाधिवेशनलाई समयमै सम्पन्न गर्न सबै पक्षबीच सहकार्य र समझदारी आवश्यक भएकाले सम्बन्धित नेता, पुराना पदाधिकारी तथा अन्य प्रभावशाली व्यक्तिहरूसँग निरन्तर वार्ता र छलफल गरिनेछ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com