काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन तथा न्याय प्रक्रियालाई सुदृढ बनाउन सत्य निरूपण तथा मेलमिलाप कोषका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक मिलियन स्विस फ्राङ्क बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। यो सहयोग द्वन्द्वपीडितका मुद्दामा सत्य खोज, न्याय सुनिश्चितता र मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रयोग गरिने जनाइएको छ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया