काठमाडौं । महानगरपालिकाले एक दशकभन्दा बढी समयदेखि बन्द रहेको ऐतिहासिक खुलामञ्च सर्वसाधारणका लागि पुनः खुला गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले गेट खोलेर खुलामञ्चको औपचारिक शुभारम्भ गरेकी हुन्। उद्घाटनको अवसरमा त्यहाँ ध्यान तथा योग कार्यक्रम पनि आयोजना गरिएको थियो।

महानगरपालिकाले पुनर्निर्माण र सौन्दर्यीकरणपछि विश्व ध्यान दिवसको अवसर पारेर खुलामञ्चलाई सर्वसाधारण, युवा तथा विद्यार्थीका लागि खुला गरेको हो। अब नागरिकहरूले यहाँ स्वतन्त्र रूपमा आवतजावत गर्न, व्यायाम गर्न र समय बिताउन सक्नेछन्।

advertisement

यसअघि महानगरले करिब ९० लाख रुपैयाँ खर्च गरी दुबो रोप्ने, वरिपरि पैदल मार्ग निर्माण गर्ने र स्मार्ट बत्ती जडान गर्ने काम गरेको थियो। खुलामञ्चको व्यवस्थापन काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ र २८ लाई जिम्मा दिइएको छ। यसलाई हरियालीयुक्त खुला चौरका रूपमा विकास गरी सर्वसाधारणका लागि टहल्ने, आराम गर्ने र खेलकुद गर्ने स्थानको रूपमा उपयोग गरिनेछ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com