काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ। उक्त बैठक वैशाख ११ र १२ गते काठमाडौंमा बस्ने तय गरिएको छ।
पार्टीका अनुसार बैठकमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा तथा आगामी कार्यदिशा तय गर्ने विषय प्रमुख एजेन्डाका रूपमा रहनेछन्। अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, विभिन्न विभागका प्रतिनिधि, प्रदेश इन्चार्ज, प्रदेश परिषद्का सदस्य तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेताहरू सहभागी हुने जानकारी दिएका छन्।
निर्वाचन परिणाम अपेक्षाभन्दा कमजोर आएपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै पार्टीका अध्यक्षहरू दुर्गा सोव, सुदन किराती र ओजश्वी भट्टराईले यसअघि नै पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया