काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ। साथै, पार्टी स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरिएको छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने र पहिले तय गरिएका केही कार्यक्रम संशोधन गर्ने निर्णय पनि गरेको हो।

advertisement

बैठकअनुसार वैशाख ९ गते देशभरका सबै जिल्ला कमिटीहरूले अनिवार्य रूपमा रचनात्मक कार्यक्रम सञ्चालन गर्नेछन्। केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उपत्यकामा भने सोही दिन दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिनेछ।

यस्तै, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी सन्दर्भमा वैशाख ७ र १२ गतेका लागि तय गरिएका आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको छ। सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम रोकेको हो।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com