काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक आह्वान गरेका छन्।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न र आगामी रणनीति तय गर्न उनले बैठक बोलाएका हुन्। सचिवालयका अनुसार बैठक शनिबार दिउँसो साढे ३ बजे काठमाडौँको गोल्फुटारस्थित खड्का निवासमा बस्नेछ।

advertisement

अदालतको निर्णयपछि खड्का शनिबार बिहानैदेखि आफ्ना निकटस्थ नेताहरूसँग निरन्तर परामर्शमा रहेका थिए। सो क्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की समेत छलफलका लागि खड्का निवास पुगेका थिए।

त्यसैगरी, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलिया लगायतका नेताहरूसँग पनि उनले गहन छलफल गरेका छन्।

निकट स्रोतका अनुसार खड्काले परामर्शको निष्कर्षका आधारमा अदालतको निर्णयपछिको आफ्नो धारणा र आगामी राजनीतिक कदमबारे औपचारिक वक्तव्य सार्वजनिक गर्ने तयारी गरेका छन्। यो धारणा आइतबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com