काठमाडौं । जनता समाजवादी पार्टी नेपालले तराई–मधेस क्षेत्रका सीमाबाट सय रुपैयाँसम्मका सामान मात्र भन्सार नतिरी ल्याउन पाइने नयाँ व्यवस्थाप्रति आपत्ति जनाएको छ।
शनिबार पार्टीका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै उक्त प्रावधान मधेस क्षेत्र र भारतसँगको सीमावर्ती आवतजावतमा निर्भर नागरिकलाई मात्र लक्षित गरिएको अदूरदर्शी निर्णय भएको बताएका छन्। उनले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक तथा पारस्परिक मित्रता सम्बन्धलाई ध्यानमा राख्दै नागरिकको दैनिक जीवनयापनसँग जोडिएका साना किनमेलमा यस्तो प्रतिबन्ध लगाउनु उचित नभएको उल्लेख गरिएको छ। साथै, उक्त व्यवस्था तत्काल खारेज गर्न सरकारसँग आग्रह गरिएको छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार













प्रतिक्रिया