काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको पछिल्लो फैसलामा केही असहमति र विरोधाभास देखिए पनि विधिको शासनप्रति प्रतिबद्ध रहँदै त्यसलाई स्वीकार गर्ने बताएका छन्।

शनिबार काठमाडौँको गोल्फुटारस्थित निवासमा पूर्णबहादुर खड्का समूहको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

विश्वकर्माले नेपाली कांग्रेस सधैं विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै न्यायालयको निर्णयलाई सम्मानपूर्वक कार्यान्वयन गर्ने बताए। ‘फैसलाका केही आधारहरू विवादास्पद र विरोधाभासपूर्ण भए पनि हामी अदालतको निर्णयलाई स्वीकार गर्छौँ,’ उनले भने।

विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी करिब पाँच महिनादेखि जारी विवादले पार्टीभित्र आन्तरिक तनाव बढाएको उनले बताए। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि आफूहरू न्यायिक उपचारका लागि सर्वोच्च पुगेको उनले स्मरण गराए। सर्वोच्चले सोही निर्णयलाई सदर गरेपछि खड्का निवर्तमान कार्यवाहक सभापति बनेको पनि उनले स्पष्ट पारे।

उनका अनुसार अब कानुनी विवाद टुङ्गिए पनि पार्टीभित्र राजनीतिक तथा भावनात्मक एकता कायम गर्ने चुनौती अझै बाँकी छ। ‘अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको छ,’ उनले थपे।

उक्त बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह तथा नेताहरू एनपी साउद र रमेश लेखक को उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com