काठमाडौं । नेपाली कांग्रेसको विवाद निरुपणबारे धारणा बनाउन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का को निवास गोल्फुटारमा बसेको पूर्वपदाधिकारीको बैठक सकिएको छ ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै निवर्तमान शेरबहादुर देउवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले पार्टीको विवाद निरुपणमा सर्वोच्च अदालतको फैसलामा तमाम असहमति भएपनि आफ्नो पक्षले निर्णय मान्नेबारेमा छलफल भएको बताए ।

advertisement

‘नेपाली कांग्रेस सदैव विधिको शासन मान्ने, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र न्यायपालिकाको आदेशलाई, निर्णयलाई आत्मसात गरिराखेको छ,’ विश्वकर्माले भने, ‘त्यही परम्पराका आधारमा हाम्रो पार्टीका अग्रज नेता तथा निवेदकसमेत त्यसमा पर्याप्त असन्तुष्टिका आधार हुँदाहुँदै पनि फैसलाका आधारका विषय विरोधाभाषपूर्ण र विवादास्पद् हुँदाहुँदै पनि यो फैसला स्वीकार गर्ने कुरा आज छलफल भएको छ ।’

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com