काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

शनिबार साँझ बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा उक्त जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर केसीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन। बनगाड कुपिण्डे–८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जिप वडा नम्बर–१० धाइरेमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको बताइएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com