काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा तीन लाख एक हजार रुपैयाँ कायम भएकाे छ । यसअघि शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीकाे मुल्य भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ रुपैयाँ कायम भएको छ । शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया