काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का ले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् ।

advertisement

सर्वोच्च अदालतले भने १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई गत पुस अन्तिममा भएको विशेष महाधिवेशनले प्रतिस्थापन गरिसकेको ठहर गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदमुक्त भइसकेको फैसला गरेको छ । यो फैसलाले खड्काको पद पनि खोसिइसकेको छ ।

बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com