काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। यसअघि आइतबार साढे ३ बजे सचिवालय बैठक पनि केन्द्रीय कार्यालयमै बस्ने तय गरिएको छ।
आगामी बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ६ वटा मुख्य कार्यसूचीमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया