काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकका लागि नौबुँदे प्रस्तावित कार्यसूची सार्वजनिक गरेको छ।

पार्टी प्रवक्ता मणिष झा ले सोमबार बस्ने बैठकका लागि कार्यसूची सार्वजनिक गर्दै संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने जानकारी दिएका छन्।

advertisement

कार्यसूचीअनुसार बैठकको सुरुवात पार्टी गतिविधिबारे विस्तृत ब्रिफिङबाट हुनेछ। त्यसपछि केन्द्रीय सदस्यहरूको रिपोर्टिङ रहनेछ, जसअन्तर्गत २० जना सदस्यले दुई–दुई मिनेटका दरले धारणा राख्नेछन्।

बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन प्रमुख एजेन्डाका रूपमा रहनेछ। साथै, आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिनेछ भने पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिने तयारी गरिएको छ।

स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ। त्यस्तै, विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा समेत छलफल हुने जनाइएको छ।

बैठकले सचिवालयका निर्णय अनुमोदन गर्नेछ भने विविधअन्तर्गत विभिन्न आयोग, निकाय तथा पदाधिकारीबाट प्राप्त पत्राचारमाथि छलफल हुनेछ। साथै, विषयगत विभागका योजना तयारी र नीति मन्थनका लागि निर्देशन दिने र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत निर्णय लिइने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com