काठमाडौं  ।  हर्क साम्पाङ राई ले श्रमदानलाई देश निर्माणको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

आइतबार श्रम संस्कृति पार्टी ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरान बाट सुरु गरेको श्रमदान अभियान दार्चुला सम्म पुगेको जानकारी दिए।

advertisement

“श्रमदान देशका लागि गर्नुपर्छ। पहिला–पहिला पनि श्रमदान हुन्थ्यो, तर कहिलेकाहीँ मात्रै हुने गर्दथ्यो,” उनले भने, “प्रत्येक हप्ता श्रमदान गर्ने अभियान सुरु गर्ने पहिलोमध्ये म हुँजस्तो लाग्छ।”

उनले पृथ्वीनारायण शाह ले राज्य एकीकरण गरे पनि नेपालीहरूको मन एकीकरण हुन नसकेको अनुभूति आफूलाई भएको उल्लेख गर्दै श्रमदान अभियानले त्यसलाई जोड्ने काम गर्ने बताए।

“श्रमदानमा को ठुलो, को सानो भन्ने हुँदैन, एउटै भाँडोमा भात पकाएर खाने संस्कारले समाजमा रहेका विभेद अन्त्य गर्न मद्दत गर्छ,” उनले भने। मलामीमा मात्रै भेटिने समाज विकास निर्माणमा पनि एकजुट हुनुपर्ने उनको भनाइ थियो।

विकास मात्र नभई ‘क्रान्तिकारी विकास’ आवश्यक रहेको उल्लेख गर्दै उनले चेतना र जागरण फैलाउन श्रमदान प्रभावकारी माध्यम भएको बताए। श्रमदानकै माध्यमबाट धरान मा करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति निर्माण गरिएको र पलायन भएको पुँजीसमेत फर्कने दाबी उनले गरे।

श्रम संस्कृति पार्टीले श्रमदानलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाएको समेत उनले जानकारी दिए।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com