काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आगामी वैशाख ८ गते मंगलबार निर्वाचन गर्ने भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उपत्यकाबाहिर रहेका सांसदहरूलाई वैशाख ७ गतेभित्र काठमाडौँ आइपुग्न एसएमएसमार्फत जानकारी गराएको छ।
त्यसैगरी, काठमाडौँ उपत्यकाभित्र रहेका सांसदहरूलाई निर्वाचन सम्पन्न नहुँदासम्म बाहिर नजान पनि अनुरोध गरिएको छ। दलले पठाएको सूचनामा निर्वाचन सुनिश्चित गर्न सबै सांसदको उपस्थितिलाई अनिवार्य मानिएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया