काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ।

सचिव दिनेश थापा मगरका अनुसार केन्द्रीय अनुशासन समितिको बैठक भोलि सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

advertisement

यसअघिको बैशाख २ गते बसेको अनुशासन समिति बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो।

उनले अदालतको फैसला नआउन्जेल स्पष्टीकरण नदिने बताएका थिए। अहिले अदालतको फैसला आएर तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति खड्काले दिएको रिट खारेज गरेको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com