काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन्।

सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका महामन्त्री प्रदिप पौडेलले जानकारी दिए।

advertisement

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेको थियो। त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।

बैठकले पार्टी जिम्मेवारी अब गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा को काँधमा पुगेको निष्कर्ष निकालेको थियो।

आफूहरुले सम्मानजनक स्थान नपाएमा छुट्टै पार्टी गठन गर्नेसम्मका कुरा खड्का नेतृत्वको बैठकमा उठेको थियो। त्यो बैठक लगत्तै खड्कालाई भेट्न सभापति उनकै निवासमा पुगेका हुन्। खड्का र थापाबीच भेटघाट भएको खड्काको सचिवालय र थापाको सचिवालयले पनि पुष्टि गरेका छन्।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com