काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग माग गरिएको स्पष्टीकरण फिर्ता लिने निर्णय गरेको छ।

सानेपामा सोमबार बस्ने समितिको बैठकले खड्कालाई यसअघि सोधिएको सात दिने स्पष्टीकरण फिर्ता गर्ने निष्कर्षमा पुगेको हो। समितिले २ वैशाखमा बसेको बैठकमार्फत उनीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो।

advertisement

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई अदालतले मान्यता दिइसकेकाले स्पष्टीकरण मागिरहनु उपयुक्त नदेखिएको निष्कर्षसहित उक्त निर्णय फिर्ता लिन लागिएको जनाइएको छ।

यसअघि भने खड्काले अनुशासन समितिको निर्णयलाई नै ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए। उनले अवैधानिक महाधिवेशनबाट बनेको संरचनाले स्पष्टीकरण सोध्ने निर्णय गर्नु अर्थहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com