काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीकाे मुल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० कायम भएको छ । हिजो तोलाको पाँच हजार २२५ रुपैयाँ थियो ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार












प्रतिक्रिया