काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट तथा व्यापारिक समूह शंकर ग्रुपसँग व्यावसायिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङमाथि प्रश्न उठिरहेका छन्। यही सन्दर्भमा उनले सोमबार बिहान बुढानीलकण्ठस्थित निवासमा पुगेर सभापति लामिछानेसँग छलफल गरेका हुन् भन्ने जानकारी स्रोतले दिएको छ।

advertisement

गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। उनीमाथि कारबाही गर्ने विषयमा पार्टीभित्र उच्च तहमा छलफल तीव्र भएपछि उनको सक्रियता पनि बढेको देखिएको छ।

यस विषयमा निर्णय लिन रास्वपाको केन्द्रीय समिति बैठक सोमबार दिउँसो बस्ने तयारी छ। साथै, कारबाहीको सन्दर्भमा पार्टीको अनुशासन आयोगले पनि आन्तरिक रूपमा आवश्यक गृहकार्य अघि बढाएको बताइएको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com